विराटनगर : प्रदेश १ को सबैभन्दा धेरै स्थानीय तह भएको मोरङ जिल्लामा १७ वटा स्थानीय तह छन्। जसमा ८ वटा नगरपालिका छ भने ८ वटा गाउँपालिका र एउटा महानगरपालिका छ।१७ वटा पालिका रहेको मोरङमा स्थानीय तह निर्वाचनका मत गणना ८ वटा पालिकामा सकिएको छ। एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा मत गणना सम्पन्न भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।निर्वाचन कार्यालयका अनुसार सुनवर्षी नगरपालिका, लेटाङ नगरपालिका, जहदा गाउँपालिका, कानेपोखरी गाउँपालिका, कटहरी गाउँपालिका, केराबारी गाउँपालिका, मिक्लाजुङ