मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँका भेडा पालक कृषकलाई २२ वटा त्रिपाल, २२ थान सोलार सेट र १११ वटा कैची बितरण गरिएको छ ।
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघ केन्द्रको आहवान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरु वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय […]
कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो ।
गोरखा – गोरखाको धार्चे गाउँपालिकाले गोठालाहरुलाई रेडियो बाँडेको छ । गाउँभन्दा टाढा रहेको गोठमा बस्ने गोठालाहरुले आवश्यक सूचना प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले रेडियो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।
२० जनालाई रेडियो, सोलार र त्रिपाल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गर्मीयामभरि गोठालाहरु गाईवस्तुसहित उच्च पहाडी भेगका खर्कमा रहेका गोठमा बस्ने गर्दछन् । त्यस क्षेत्रका बासिन्दाको मुख्य व्यवसाय नै पशुपालन हो । मौसमी अनुकुलता मिलाउनका वस्तुभाऊलाई हिउँदयाममा बेसींमा राख्ने गरिन्छ...