गोरखा – गोरखाको धार्चे गाउँपालिकाले गोठालाहरुलाई रेडियो बाँडेको छ । गाउँभन्दा टाढा रहेको गोठमा बस्ने गोठालाहरुले आवश्यक सूचना प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले रेडियो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।
२० जनालाई रेडियो, सोलार र त्रिपाल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गर्मीयामभरि गोठालाहरु गाईवस्तुसहित उच्च पहाडी भेगका खर्कमा रहेका गोठमा बस्ने गर्दछन् । त्यस क्षेत्रका बासिन्दाको मुख्य व्यवसाय नै पशुपालन हो । मौसमी अनुकुलता मिलाउनका वस्तुभाऊलाई हिउँदयाममा बेसींमा राख्ने गरिन्छ...