उम्मेदवारलाई आयोगको निर्देशनः चुनाव सकिएको १५ दिनभित्र आमसभा गर्दा लागेको खर्च बुझाउनू

काठमाडौँ – सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचारप्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको बताए। बुधबार काठमाडौँस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै […]

सम्बन्धित सामग्री

रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख

२० मंसिर, काठमाडौं । काठमाडौं- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका छन् । उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दा भन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका छन् । २०७४ सालको […]

चुनाव खर्च उठाउन यसरी हुन्छ नीतिगत भ्रष्टाचार

अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल चुनावमा मन्त्रीहरूबाट दलका लागि आवश्यक पर्ने चुनाव खर्च जोहो गर्न र मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभावित पार्न चुनावको सम्मुखमा नीतिगत निर्णय हुने गरेको बताउँछन् ।

चुनाव जित्न १० करोड खर्च गर्नेको जानकारी दिन प्रचण्डलाई आयोगको आग्रह

निर्वाचन आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जित्न १० करोड खर्च गर्नेबारे जानकारी गराइदिन आग्रह गरेको छ। केही समय अघि प्रचण्डले सार्वजनिक कार्यक्रममा प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी अभिव्यक्ति दिएका थिए। प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार केही दिन अगाडि प्रचण्डलाई यस्तो आग्रह गरेर पत्र पठाइएको छ।

धेरै पैसा खर्च नगरे चुनाव जित्न गाह्रो छः प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन्।उनले अबको निर्वाचनबाट दलाल पुँजीपति,नोकरसाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको पनि प्रस्छ पारेका छन्।यस्तै उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए।

बजेट ललिपप हो, चुनाव खर्च जुटाउन ल्याइएको होः राप्रपा अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटलाई मान्छेहरु भुलाउने ‘ललिपप’ भएको र आगामी चुनाव खर्च जुटाउन ल्याइएको टिप्पणी गरेका छन्।...

चन्दा उठाएर चुनाव खर्च जुटाउँदै मधेसी दल

तराई मधेस केन्द्रित दलहरूले पार्टीका शुभचिन्तक तथा कार्यकर्ताहरूबाट चन्दा उठाएर चुनाव खर्च जोहो गर्न सुरु गरेका छन्।...

‘चुनाव खर्च महँगो भयो, तेश्रो पटक लड्दा ६ करोड खर्च गर्नुपर्‍योः डा. कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चुनाव खर्च महँगो हुँदै गएको भन्दै पछिल्लो पटक ६ करोड खर्च गर्नुपरेको स्मरण गरेका छन् । शनिबार नेपाल विद्यार्थी संघ इलाम–काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा नेता डा. कोइरालाले खर्च बढ्दै गएकाले चुनाव लड्न नसकिने स्थिति सृजना हुन थालेको बताएका हुन् । उनले आफू नवलपरासीबाट तीन पटक चुनाव लडेको भन्दै […]

सरकारले चुनाव खर्च आन्तरिक स्रोतबाटै जुटाउने

सरकारले स्थानीय तह निर्वाचन निम्ति आवश्यक झण्डै ५० अर्ब रुपैयाँ आन्तरिक स्रोतबाटै व्यवस्थापन गर्ने भएको छ । निर्वाचन गराउन सुरक्षा निकाय र निर्वाचन आयोग लगायतले ५० अर्ब रुपैयाँजति बजेट माग गरेका छन् । आन्तरिक स्रोतबाटै चुनाव खर्च जुटाउने क्रममा अर्थ मन्त्रालयले यी निकायबाट भएको प्रस्तावित खर्चमाथि पनि पुनरावलोकन गर्नेछ ।देशभरका ७५३ वटै स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्नेगरी सरकारले मिति तोकिसकेको छ । चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले मात्रै १२ अर्ब रुपैयाँ बजेट मागेको छ । च

स्थानीय तहको चुनाव गर्न १२ अर्ब खर्च!

काठमाडौँ – स्थानीय तहको चुनाव गर्न १२ अर्ब रुपैयाँ खर्च लाग्ने दाबी निर्वाचन आयोगले गरेको छ। आयोगका पदाधिकारीले मंगलबार प्रधानन्त्री शेरबहादुर देउवालाई बुझाएको ६ बुँदे पत्रमा चुनावबारे विस्तृतमा उल्लेख गरिएको छ। प्रमुख आयुक्त दिनेश थपलियासहितका आयोगका पाँचै जना पदाधिकारीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेका थिए। भेटका क्रममा प्रधानमन्त्रीले पेश गरेको जेठ ४ गतेको मितिमा चुनाव गराउन आयोग […]