कञ्चनपुर । स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताको जिल्लामा पूर्णरूपमा पालना हुन सकेको छैन । राजनीतिक दलहरुले आचारसंहिताविपरीत प्रचार सामग्री ठाउँठाउँमा टाँस गरेका छन् । सार्वजनिक स्थान, सार्वजनिक सवारीसाधन, निजी आवासमा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित प्रचार सामग्री टाँस गरिएका छन् । अटोरिक्सा, निजी सवारीसाधन, ढुवानीका साधनमा समेत उम्मेदवारको चुनाव चिह्न अङ्कित झन्डा राखिएका छन् । […]