काठमाडौं : सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन्।अन्तर व्यवस्थापिका संघ (आर्एपीयू) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा सोमबार साँझ सम्बोधन गर्दै उनले असंलग्नता नेपालको परराष्ट्र नीतिको आधारभूत पक्ष भएको बताए।उनले नेपालको संघीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताए। सभामुख घिमिरेले संविधानसभाबाट निर्माण भएको संविधानले मौलिक हक तथा सामाजिक न्याय, बालिग मताधिकार, स्वतन्त्र न्याय प्रणाली तथा सामाजिक समा