काठमाडौँ – सरकारले सभामुख देवराज घिमिरेलाई बालुवाटारस्थित सभामुख निवासमै राख्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले परम्पराअनुसार सभामुखलाई उनकै निवासमा वासस्थानको व्यवस्था गर्ने निर्णय गरेको हो। राज्यले सभामुखका लागि दिएको बालुवाटारस्थित ‘सभामुख निवास’मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बसेपछि नवनिर्वाचित सभामुख घिमिरे आफन्तको घरमा बस्दै आएका छन्। तिमिल्सिनालाई उक्त निवास छाडेर सरकारले नै व्यवस्थापन गर्ने अर्को […]