इरानका राष्ट्रपति इब्राहिम रईसीले जनरल कासिम सुलेमानीको हत्याको बदला अमेरिकासँग लिने चेतावनी दिएका छन् ।
सुलेमानीको मृत्यु भएको दोस्रो वार्षिकीको अवसरमा सोमवार रईसीले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्व परराष्ट्रमन्त्री माइक पम्पेओविरुद्ध अवश्य मुद्दा चलाउनुपर्ने बताए । त्यसो नगरेमा इरानले आफ्नै तरिकाले बदला लिने उनको भनाइ छ ।
सन् २०२० को जनवरी ३ मा ट्रम्पको आदेशमा इराकमा ड्रोन आक्रमण गरेर सुलेमानीको हत्या गरिएको थियो ।
सुलेमानीको मृत्युको वार्षिकीको अवसरमा इरान र उसका सहयोगी मुलुकहरूले...