पाँचथर – मेची राजमार्ग अन्तर्गत पौवा भन्ज्याङ नजिकै पर्छ साधुटार । फराकिलो चौरको फाँट, सिरसिर चल्ने चिसो बतास र सुन्दर पोखरी । झट्ट हेर्दा रारा ताल झैँ लाग्छ ।
यहाँको मौसम फेरबदल भइरहन्छ । मौसम सफा भएको बेला पोखरीमा टल्कन्छ हिमालको चित्र । पोखरीमै देखिन्छ सूर्योदयको विचित्र दृश्य अनि पोखरीमै देखिन्छ सेताम्मे हिमालको तस्बिर र पोखरीमै देखिन्छ सूर्योदय र सूर्यास्त पनि ।