डोटी– शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । बुडर इलाका प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो आएको हावाहुरी तथा वर्षात्का कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् खम्बा ढलेका कारण बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा […]