काठमाडौं महानगरपालिकाले नुवाकोटको बन्चरेडाँडामा प्रहरी परिचालन गरी सोमबार फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका करिब २ सय ५० प्रहरी परिचालन गरिएको थियो । फोहोर व्यवस्थापनलाई सहज बनाउन प्रहरी परिचालन गरिएको नुवाकोटका एसपी रमेश पण्डितले जानकारी दिए । महानगरका अनुसार २ सय ३ गाडी फोहोर विसर्जन गरिएको हो ।