काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।शनिबार काठमाडौं महानगरपालिका - १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले सहयाेग गर्नुपर्ने बताएका हुन्।नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए। इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंह