सामाजिक सञ्जालहरुको प्रयोगबाट अनेक किमिसका अपराध र हैरानी बढ्न थालेपछि यसको सुरक्षामा संजालहरुले विविध उपायहरु लगाइरहेका छन् । तर, गलत नियत राख्नेहरुले गलत सूचना र सन्देशहरु प्रवाह गर्न सफल भैरहेको अवस्थामा । पछिल्लो समय निकै प्रचलनमा रहेको व्हाट्सएप पनि सुरक्षा सम्वेदनशीलताको हिसाबले सचेत रहनुपर्ने एप रहेको छ । यस्तोमा व्हाट्सएप प्रयोगकर्ताहरूलाई गलत जानकारी पहिचान गर्न …
पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सम्बन्धित घरधनी तथा व्यवसायीको सहकार्यमा एकमहिने अभियान सञ्चालन गरेको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्यटकलाई लुटपाट तथा अनैतिक कार्य गर्ने, सडकमा सेकुवा […]
काठमाडौं, १६ माघ। नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले साइबर अपराध रोक्न नेपाललाई दिंदै आएको सहयोगलाई अमेरिकाले सशक्त बनाउने बताएकी छन्। सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले नेपालको स्वास्थ्य,शिक्षा, साईबर अपराधका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन्। उनले नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताइन्।
सरकारले ल्याएका अध्यादेशहरु राष्ट्रपतिले रोक्न नमिल्ने विज्ञहरुले बताएका छन् । विज्ञहरुले सरकारले पेस गरेको अध्यादेशलाई राष्ट्राध्यक्षले जारी गर्नैपर्ने बताएका हुन् । उनीहरुले राष्ट्राध्यक्षले अध्यादेश जारी गर्दा संविधान उल्लंघन भएपनि त्यसको जिम्मेवारी सरकार र संसदले लिनुपर्ने बताए । सरकारले गत मंसिर २५ गते मुलुकी फौजदारी अपराध संहित संशोधन ल्याएको थियो । मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर
मानवअधिकार र आपराधिक घट्ना रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका चारवटै स्थानीय तहसँग समन्वय एवं साझेदारी गर्ने भएको छ । भक्तपुरमा मानव अधिकारका घटना बढ्दै गएपछि त्यसतर्फ चिन्ता व्यक्त गर्दै आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहसँग क्षेत्राधिकार र बजेट रहेकाले उनीहरूसँग समन्वय र साझेदारी गरेर अपराध रोक्न सक्रिय रहने बताएकी हुन् ।उनले ७५ प्रतिशत हिंसा घरभित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको औंल्याउँदै चिनेजानेकाबाटै १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको बताइन् ।
प्रविधिको दुरुपयोग गरी मुलुकमा नयाँनयाँ प्रकृतिका अपराध भइरहेका छन् । विदेशमा बसेर नेपालमा आपराधिक क्रियाकलाप सञ्चालन गर्ने समूह पनि सक्रिय भइरहेको केही घटनाले पुष्टि गरेको छ ।बैंकिङ प्रणाली नै ह्याक गराएर रकम निकासा गर्ने नयाँ खालका अपराध पनि देखिँदै आएको छ । विश्वव्यापी भएको प्रविधिको प्रयोगसँग सामाजिक सञ्जालका माध्यमबाट ठगी, अपहरणलगायतका घटना बढ्दो छ । वैदेशिक रोजगारीका नाममा मानव बेचविखनका घटना देखिँदै आएको छ । खासगरी ठगी, तस्करी, हुण्डी, असुली, लेनदेनबाट सिर्जित आर्थिक अपराध, मानव
मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको छ । मंगलबार काठमाडौंस्थित रुसी दुतावास अगाडि प्रदर्शन गर्दै समाजले समाजले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको हो ।प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौ मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरुमाथिको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै शान्तिवादीहरुले रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरी युद्ध रोक्न आह्वान गरेका थिए । रुसी आक्रमणका कारण ३६ लाख बढी युक्रेनीहरु शरणार्थी भएको, ६५ लाख बढी आन्तरिक
चितवन । आर्थिक अपराध रोक्न राजश्व अनुसन्धान विभागको आयोजनामा चितवनमा सचेतना कार्यक्रम गरिएको छ । राजश्व चुहावट नियन्त्रण मुख्य उद्देश्य राखेर राजश्वसँग सम्बन्धित ऐन, कानून र पछिल्लो अवस्थाबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै विभागका निर्देशक मुक्तिराम अर्यालले राजश्व अनुसन्धान विभागको उद्देश्य मुद्दा चलाउने र अदालती प्रकृयाबाट रकम असुलउपर गर्नुभन्दा प्रचलित कानूनको […]
घटना सन् २०१३ को हो । अमेरिकाको शिकागोका रोबर्ट म्याक डेनियल घरमा बसेर टेलिभिजन हेरिरहेका थिए । अकस्मात उनको घरमा पुलिस आएर आफूहरूले निगरानी गरिरहेको भन्दै रोबर्टलाई चेतावनी दिए । रोबर्ट जोखिमयुक्त इलाकामा बस्थे । केही महिना अगाडि उनका एकजना साथीको गोली लागेर मृत्यु भएको थियो । प्रहरी अधिकारीका अनुसार प्रहरीले प्रेडिक्टिभ पुलिसिङका लागि एक […]