भक्तपुरमा बढ्दो अपराध रोक्न स्थानीय तहसँग साझेदारी गर्ने प्रजिअ शर्माको घोषणा

मानवअधिकार र आपराधिक घट्ना रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका चारवटै स्थानीय तहसँग समन्वय एवं साझेदारी गर्ने भएको छ । भक्तपुरमा मानव अधिकारका घटना बढ्दै गएपछि त्यसतर्फ चिन्ता व्यक्त गर्दै आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहसँग क्षेत्राधिकार र बजेट रहेकाले उनीहरूसँग समन्वय र साझेदारी गरेर अपराध रोक्न सक्रिय रहने बताएकी हुन् ।उनले ७५ प्रतिशत हिंसा घरभित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको औंल्याउँदै चिनेजानेकाबाटै १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको बताइन् ।