संघका मुद्दालाई ओझेलमा पार्ने व्यक्तिबाट सचेत रहन सरकारी ज्यालादारी कर्मचारी संघको आग्रह

काठमाडौं । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले संघका मुद्दालाई ओझेल पार्ने व्यक्तिबाट सचेत रहन आफ्ना सदस्यलाई आग्रह गरेको छ । संघले विज्ञप्ती जारी गर्दै कुनै पनि सदस्य यस प्रकारका गतिविधिमा संलग्न भएको पाइए विधान बमोजिम कारवाही गरिने पनि चेतावनी दिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘केहि समयदेखि संघका मागलाई ओझेलमा […]

सम्बन्धित सामग्री

त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न प्राध्यापक संघको आग्रह

काठमाडौं । नेपाल प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ । बिहीबार संघका अध्यक्ष प्रा. डा. रमेशकुमार जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि जस्तो गरिमामय संस्थामा अस्थिरता निम्त्याउनु, त्रिविमा अध्ययन गर्ने विद्यार्थीमा दिनप्रतिदिन नैराश्य जागृत गराइनुु, कर्मचारी र प्राध्यापक वर्गलाई पनि बारम्बार नकारात्मक बनाउने जस्ता अवस्था सिर्जना भइरहनु गलत रहेको […]

जबरजस्ती नगर्न सामाजिक सुरक्षा कोषलाई नेपाल वित्तिय संस्था कर्मचारी संघको आग्रह

काठमाडौँ ।नेपाल वित्तिय संस्था कर्मचारी संघले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन जबरजस्ती नगर्न आग्रह गरेको छ । सङ्घले कोषलाई पत्र लेख्दै कर्मचारीलाई मन लागेमा कोषमा आबद्ध हुन सक्ने व्यवस्था गर्न आग्रह गरेको हो । सङ्घले लेखेको पत्रमा भनिएको छ,’कोषमा आबद्ध हुन चाहने कर्मचारीलाई मात्र त्यहाँ आबद्ध हुने व्यवस्थाका लागि अनुरोध छ ।’ सङ्घले हालको अवकाश […]

डेभलपमेन्ट बैंकर्स संघको १२ बुँदे निर्देशन

काठमाडौं (अस) । कोरोना महामारीमा संक्रमित हुनेहरू बढ्दै गएपछि  डेभलपमेन्ट बैंकर्स संघले विकास बैंकहरूलाई १२ बुँदे निर्देशन दिएको छ । सदस्य बैंकले मुख्य कार्यालयमा दुई जना वरिष्ठ पदाधिकारीलाई सम्पर्क व्यक्ति तोकेर तिनको नाम, मोबाइल नम्बर, इमेल संघको सचिवालयलाई उपलब्ध गराउन भनिएको छ । डिजिटल प्रडक्टबाट गरिने बैंकिङ कारोबारका प्रक्रिया र अपनाउनुपर्ने सावधानीबारे ग्राहकहरूलाई उपलब्ध र सम्भव भएसम्मका सञ्चार माध्यमबाट जानकारी गराउन सदस्य बैंकलाई संघको आग्रह छ । स्थानीय प्रशासनले बैंकिङ सेवासमेत प्रवाह गर्न रोक लगाएको वा वैकल्पिक व्यवस्था गरेको भए सोहीअनुसार गर्नसमेत निर्देशन दिइएको छ । संघले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अक्षरशः पालना गरेर कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिडको असर पर्न नदिन सम्भव भएसम्मका उपाय अवलम्बन गर्न सुझाएको छ । निषेधाज्ञा जारी भएका स्थानमा राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा प्रदान गर्न प्रत्येक सदस्य बैंकले बनाएको योजना एकअर्काबीच आदान– प्रदान गर्ने, सेवा प्रदान गर्न खोलिने शाखा, वैकल्पिक शाखाको सूची र बैंकिङ समयसमेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेबसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने, स्थानीय प्रशासनले बैंकिङ सेवा प्रवाह गर्न रोक लगाए समन्वय गरेर सोहीअनुसार गर्ने, प्रत्येक सदस्य बैंकले मुख्य कार्यालय र शाखामा ग्राहकबाट लिइने जानकारी दिन र समन्वयका लागि सम्पर्क व्यक्ति तोकेर  उक्त व्यक्तिको फोन नम्बर र इमेल आइडी बैंकको वेबसाइटमा प्रकाशित गर्न संघले निर्देशन दिएको छ ।