इस्लामाबाद : पाकिस्तानका निवर्तमान प्रधानमन्त्री शहबाज शरीफले सेनाको सहयोगबिना सरकार चलाउन नसक्ने खुलासा गरेका छन्।इमरान खानले खुलासा गरे जस्तै शहबाज शरीफले पनि सेनाको समर्थनबिना आफ्नो सरकार चल्न नसक्ने खुलासा गरे। जियो टिभीलाई दिएको अन्तरवार्तामा सेनाको निर्देशनमा काम गर्ने शरीफले पाकिस्तानी सेना प्रमुखले गर्ने हस्तक्षेपको प्रशंसा गरेका छन्।निर्वाचनबाट बन्ने पाकिस्तानी सरकार विश्वको सबैभन्दा खिचडी सरकारमध्ये एक भएको उनले बताएका छन्।इमरान खान पनि आफ्नो सरकार चलाउन पूर्व सेना प्रमुख जनरल कमर जावे
इस्लामावाद- पाकिस्तानी सेना प्रमुख सैयद असिम मुनीरले सधै मागेर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने टिप्पणी गरेका छन् । उनले चरम आर्थिक सङ्कट झेलिरहेको आफ्नो मुलुक आत्मनिर्भर बन्न अतिआवश्यक भएको पनि बताएका छन् । पाकिस्तानको सर्वकालीन मित्र मानिने चीनबाट अर्को ऋण प्राप्त हुन लागेका बेला सैन्य प्रमुख मुनीरको यो भनाइ सार्वजनिक भएको हो । पाकिस्तानले हालै […]
इस्लामाबाद : पाकिस्तानमा इमरान खान र सरकारबीच तनाव बढ्दै गएको छ। अल कादिर ट्रस्ट मुद्दामा इमरानलाई मे ९ मा पक्राउ गरिएको थियो, यद्यपि उनले दुई दिनपछि जमानत पाएका थिए।इमरान खानको गिरफ्तारीपछि प्रदर्शनकारीहरूले पाकिस्तानी सेनालाई निशाना बनाएका थिए। यसले गर्दा सेना आक्रोशित भएको छ। आन्दोलनकारीमाथि सैनिक ऐन अन्तर्गत मुद्दा चलाउने घोषणा गरिएको छ। पाकिस्तानी सेनाले पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तान छाड्न प्रस्ताव गरेको छ। अन्यथा सैनिक ऐनको सामना गर्न तयार रहनुपर्ने चेतावनी दिएको छ। इ
काठमाडौँ- बलुचिस्तान प्रान्तमा विद्रोह दबाउन पाकिस्तानी सेनाले चीनमा निर्मित चालकरहित हवाई उपकरण ‘ड्रोन’ प्रयोग गर्ने गरेको पाइएको छ । युरेशियन टाइम्सका अनुसार पाकिस्तानले बलुचिस्तानमा विद्रोह दबाउन चीनमा निर्मित सीएच ४बी ड्रोन प्रयोग गर्ने गरेको छ । पाकिस्तानी सेनाले बलुचिस्तानको विद्रोह दबाउनका लागि वर्षौँदेखि लडाकु विमान र हेलिकोप्टरको प्रयोग गर्ने गरेको भएपनि चिनियाँ ड्रोन प्रयोग भएकोबारे […]
इमरान खानले आफूमाथि भएको हमलाका लागि प्रधानमन्त्री, गृहमन्त्री र पाकिस्तानी सेनाका एक जनरललाई जिम्मेवार ठहर गरेका छन् । इमरान खानलाई बिहीबार गुजरानवालामा एक आक्रमणकारीले गोली हानेर घाइते बनाएका थिए । यस हमलामा खानको पार्टीका एक कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए ।लाहोरको शौकत खानम अस्पतालबाट जनतालाई सम्बोधन गर्दै इमरान खानले तीन जनामाथि हमलाको प्रत्यक्ष आरोप लगाएका छन् । खानले प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र आईएसआई प्रमुख मेजर जनरल फैसल नसिरले उनको हत
काठमाडौँ- एक जना पाकिस्तानी पत्रकार अफ्रिकी मुलुक केन्यामा मारिएका छन् । पाकिस्तानी सेना र राजनीतिक संस्थापनका प्रखर आलोचक एवम् पूर्वप्रधानमन्त्री इमरान खानको समर्थक मानिने पत्रकार अर्शद शरिफको केन्यामा गोली हानी हत्या भएको हो । केन्याको राजधानी नैरोबी नजिकै रहेको काजिआदो क्षेत्रमा उनी मारिएको जनाइएको छ । सवारीमा यात्रा गरिरहेका बेला प्रहरीले जाँच गरिरहेको स्थानमा उनलाई […]
गिलगित : पाकिस्तान प्रशासित कश्मीर (पीओके)मा अहिले स्वतन्त्रताको नारा लगाउँदै प्रदर्शन हुन थालेको छ। पीओकेका जनताले स्वतन्त्रताको माग गर्दै प्रदर्शन गरिरहेका छन्।उनीहरूले सडकमा उत्रिएर संयुक्त राष्ट्रसंघका गाडीलाई रोकेर त्यसअगाडि प्रदर्शन गरेका थिए। यस क्रममा उनीहरूले संयुक्त राष्ट्रसंघका गाडी अगाडि ‘पाकिस्तानी सेना फिर्ता जा‚ फिर्ता जा’, ‘हामी स्वतन्त्रता चाहन्छौं’ र ‘कश्मीरमा हत्या बन्द गर’ जस्ता नारा लगाएका थिए।उनीहरूले नासिराबादमा काराकोरम
पाकिस्तानी सेना प्रमुख (सीओएएस) जनरल कमर बाजवाले शनिवार युक्रेनमा रुसको आक्रमणलाई 'तुरुन्तै रोकिनुपर्ने' र यसलाई ठुलो त्रासदीपूर्ण रूपमा लिन नहुने बताएका छन्।