काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरुसँग आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुने गरी राजनीतिक दलहरुले छिटोभन्दा छिटो आवश्यक कानूनहरुको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका हुन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका […]