काठमाडौं । सिटिजन्स म्यचुअल फण्डअन्तर्गत सञ्चालित सुपर ३० म्यचुअुल फण्डले फागुन मसान्तसम्म ३ करोड ९४ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । माघ मसान्तसम्म ४ करोड १२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाको फागुनमा भने नाफा घटेको हो ।
योजनाको जम्मा आम्दानी माघ मसान्तसम्म ४ करोड ९८ लाख रुपैयाँभन्दा बढी रहेको योजनाको फागुन मसान्तसम्म यो आम्दानी ४ करोड ९२ लाख रुपैयाँभन्दा बढी छ । खर्च रकम पनि यो महीना बढेको छ । माघ मसान्तसम्म ८६ लाख ४६ हजार रुपैयाँ खर्च गरेको योजनाले फागुन मसान्तसम्म ९८ लाख ६० हजार रुपैयाँ खर्च भएको छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ७ करोड ५० लाख ७२ हजार ३९० कित्ता इकाई जारी गरेको थियो । माघमा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पनि घटेको छ । माघ मसान्तसम्म १० रुपैयाँ ७८ पैसा रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तसम्म १० रुपैयाँ ७५ पैसामा झरेको छ ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित योजनाले फागुन मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परल मूल्य ४७ करोड ८८ लाख २५ हजार रुपैयाँ छ । योजनाले गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य बढी छ । फागुन मसान्तसम्म योजनाको बैंक मुद्दति निक्षेपमा ७ करोड रुपैयाँ लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने ४९ करोड ५४ लाख रुपैयाँभन्दा बढी छ ।
रिपाेर्ट हेन यहाँ क्लिक गनुहाेस्