काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार तथा स्वच्छ जीवनयापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।विश्व खाद्य स्वच्छता दिवसका अवसरमा सन्देश जारी गर्दै उनले कोरोना महामारीको प्रभाव कम भएसँगै नियमित जीवनयापनमा खाद्य वस्तुको स्वच्छता र गुणस्तरको महत्त्व झनै बढेको बताए।नेपालको संविधानले हरेक नागरिकका लागि खाद्यसम्बन्धी सुनिश्चितता गरेको हक र खाद्य सम्प्रभुतालाई प्रभावकारी कार्यान्वन गर्न खाद्यवस्तुको उत्पादनदेखि बिक्री वितरण प्रणालील