सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे फेरि छलफल हुने र चाँडै निष्कर्षमा पुर्याइने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफलपछि मन्त्री कार्कीले छलफल सकारात्मक भएको बताए ।