मोरङको सुन्दरहरैँचा–१० मा अवस्थित बाघझोडा सिमसार प्राकृतिक सुन्दरताले भरिएको छ । चारकोसे बाक्लो जङ्गलसँगै टाँसिएको यो क्षेत्र प्राकृतिकरूपमा समेत अन्य सिमसारभन्दा कम छैन । यहाँ सिजनको समयमा वनभोज खाने, विविध कार्यक्रम गर्ने तथा रमाइलो मानेर घुमफिर गरी फोटो खिच्ने र टिकटक बनाउनेहरूको चहलपहल हिजोआज बढेको पाइन्छ । परापूर्वकालमा यो क्षेत्रमा बाघ पाइने गरेका कारण यसको नाम बाघझोडा सिमसार रहन गएको स्थानीयवासीहरूको मत रहेको छ । बार्है महिना पानीको दुःख नहुने तथा कहिल्यै नसुक्ने सिमसार क्