नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तहको चुनाव तत्काल घोषणा गर्न माग गरेका छन् ।
बिहीवार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै रिमालले वैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुने र कानून मिचिने दाबी गरे ।
उनले लेखेका छन्, ‘महोदयहरू, वैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुन्छ, कानून मिचिन्छ । यसको चाहिँ यहाँहरूलाई चासो नै नहुने ! उतिबेला मुद्दा हालीहाली ‘एक दिन बाँकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने’ भनी गराइएको फैसला विपरीत यतिखेर ‘पहिले...