दुर्गममा अतिरिक्त समयमा उडान गर्न नपाइने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनको प्रभावलाई ध्यानमा राख्दै दुर्गम क्षेत्रका विमानस्थलको उडान समयमा कडाइ गरेको छ । मौसम प्रतिकूल हुँदा उडानमा समस्या भएको र कतिपय अवस्थामा दुर्घटनासमेत भएको भन्दै प्राधिकरणले तोकिएको समयमा मात्र उडान गर्ने, त्यसबाहेकको समयमा उडान गर्न नपाउने व्यवस्था लागू गरेको छ । केही दिनअघि बसेको उड्डयन सेवा निर्देशनालयको बैठकले मनसुनको समयमा उडान सुरक्षा सतर्कता अपनाउँदै यस्तो निर्णय गरेको हो । प्राधिकरणले ३ महीनामा लागि कम सीट क्षमताका जहाज र हेलिकोप्टर उडान हुने विमानस्थलमा निर्धारित समयभन्दा अघिपछि उडान गर्न रोकेको छ । प्राधिकरणका सूचना अधिकारी तथा उपप्रबन्धक ज्ञानेन्द्र भूलले केही समयअघि हेलिकोप्टर पनि दुर्घटना भएको हुँदा ३ महीनाका लागि यो व्यवस्था लागू गरिएको जानकारी दिए ।  दुर्गममा ताप्लेजुङ, मनाङ, जोमसोम, लुक्लालगायत विमानस्थल पर्छन् । ‘मनसुन सिजनमै नेपालमा हेलिकप्टर दुर्घटना भइसकेको छ,’ उनले भने, ‘यस्ता जोखिम न्यूनीकरण गर्न र उडान सुरक्षाका लागि यो व्यवस्था लागू गरिएको हो ।’ उनका अनुसार आगामी सेप्टेम्बरसम्म यो व्यवस्थाको प्रभावकारिता हेरेर हवाई सुरक्षामा थप काम हुनेछ । गत असार २६ गते सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली (पाइलट) र ५ विदेशी नागरिकको निधन भएको थियो । निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुर र प्राधिकरणका सम्बद्ध विभागका अधिकारीसहितको बैठकले नागरिक उड्डयन नियमावली २०५८ को परिच्छेद १० को नियम ६५ मा भएको व्यवस्थालाई कडाइका साथ लागू गर्न सम्बद्ध एयरलाइन्सलाई पत्राचार गर्ने निर्णय गरेको छ । यस्तै हवाई यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेशन आवरभित्र रही सम्बद्ध वायुसेवा कम्पनीको उडान तालीका स्वीकृत गर्ने निर्णय गरेको छ । आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका २०७९ मा विभिन्न विमानस्थलमा निर्धारण गरिएको उडान अवधि (अपरेशन आवर) भन्दा अघिपछि विशेष गरी जुलाई, अगस्ट र सेप्टेम्बरसम्म अतिरिक्त समय उडान सञ्चालन गर्न अनुमति नदिने, आन्तरिक विमानस्थलले उडान समयभित्र बसी सञ्चालनसम्बन्धी कार्य चुस्तदुरुस्त गरे/नगरेको अनुगमन गर्ने कार्य आन्तरिक विमानस्थल तथा सुविधादेय विभागले गर्ने पनि निर्णय भएको उल्लेख गरिएको छ ।  दुर्गममा ताप्लेजुङ, मनाङ, जोमसोम, लुक्लालगायत विमानस्थल पर्छन् । आन्तरिक विमानस्थल तथा व्यवस्थापन निर्देशिका २०७९ ले पनि यीलगायत अन्य विमानस्थलहरू–– फाप्लु, सिमिकोट, भोजपुर, डोल्पा, थामखर्क, रारा, मसिनेचौर, बाजुरा, साँफेबगर, चौरजहारी, रूम्जाटार, बैतडी, डोटी, टिकापुर, महेन्द्रनगर, इलाम, सुकीलुम्बा, खिजी चण्डेश्वरी, रेसुङ्गा, झाङ्ग, सल्ले, खानीडाँडा, काँगेलडाँडा, बागलुङ, दार्चुला र मेघौलीमा उडान सञ्चालन समय बिहानको सिफ्ट हुनुपर्ने उल्लेख गरेको छ । यी विमानस्थलमा १६ फेब्रुअरीदेखि १५ नोभेम्बरसम्म उडान सञ्चालन समय बिहान निर्धारण गरिएको बताइएको छ ।

सम्बन्धित सामग्री

रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने

गुल्मीको रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने भएको छ। उडान परिक्षण सफल भएपछी साताको एउटा उडान भर्ने गरी सम्झौता भएको हो।...

रियादमा नियमित उडान, उडान तालिका सार्वजनिक

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ ।     निगमले आज एक विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक गरेको हो । रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिवद्धतासमेत जाहेर गरेको छ ।     “निगमले साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी&

मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम बिग्रिएका कारण आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भए। बदलिएको मौसमले भिजिबिलिटी न्यून हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्र सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले उडान डिले भएको यात्रुलाई गराए। बढीमा ४ घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित

खुल्दै आन्तरिक उडान

काठमाण्डाै - भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडान खुल्न थालेका छन् । विराटनगर, भरतपुर, नेपालगञ्ज, भैरहवा  जनकपुर लगायत ठाउँमा उडान सुरु भएको छ । तुवाँलो लागेका कारण बिहान उडान बन्द भएका थिए । यी क्षेत्रमा  तोकिएको समयमा भन्दा ढिलो गरी उडान भएको हो । तर, पोखरा, लुक्ला र सुर्खेतमा भने अझै उडान सुरु हुन सकेको छैन । हुस्सु र तुवाँलोका कारण यी क्षेत्रका हवाई उडान प्रभावित भएका हुन् ।

दुई महिनापछि खुल्यो आन्तरिक उडान, आजदेखि नियमित उडान भर्ने

काठमाडौँ । आजदेखि आन्तरिक उडान नियमित सञ्चालन हुने भएको छ । कोरोना भाइरस(कोभिड–१९) महामारीका कारण लगाइएको निषेधाज्ञाले बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि नियमित आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो । उडान नियमित सञ्चालन गरे पनि आजदेखि ५० प्रतिशत मात्रै सञ्चालन हुने छ […]

बन्द भयो आन्तरिक उडान

काठमाडौँ । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित बनाएको छ । सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर जारी रहने […]

बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग सातामा दुई उडान

काठमाडौँ । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरेको हो । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म […]

आन्तरिक उडान बन्द, भारतमा सातामा सीमित उडान हुने

कोरोना कहरका बीच भारतमा सातामा सीमित उडान हुने भएको छ । मन्त्रिपरिषद् बैठकले वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपनि भारतमा भने सीमित उडान हुने भएको हो ।  एक मन्त्रीका अनुसार भारतमा कम्तीमा दुई उडान सातामा हुनेछ भने अरु देशमा हुनेछैन । यस्तै आज रातिदेखि आन्तरिक उडान पनि बन्द हुने भएका छन् ।

मध्यरातदेखि आन्तरिक उडान सबै ठप्प, भारतमा सातामा दुई उडान हुने

सरकारले नेपाल–भारत हुने केहीबाहेक सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो भने भारतका सीमित उडानबाहेक अरु अन्तराष्ट्रिय उडान वैशाख २३  गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो ।तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने सरकारको भनाइ छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले कोरोनाका कारण हवाई उडान स्थगित गर्नुपरेको जानकारी दि