म्याग्दी म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सब स्टेसन र प्रसारण लाइन निर्माण सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सब स्टेसन निर्माण थालेको हो। सब स्टेसन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवर्धक सक्रिय भएका छन्।विद्यु