कालीकोट - कालीकोटको जितेगडामा झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयले पुल चढ्न भर्याङको सहारा लिने गरेका छन् । असोज १९ गतेदेखि २५ गतेसम्मकाे लगातारकाे वर्षापछि आएको बाढीले पुलमा क्षति पुर्याएको थियो ।
अहिले कालीकाेटकाे जितेगडा पुगेका नागरिकले नरहरिनाथ, सान्नीत्रिवेणी, पचालझरना, पलाता गाउँपालिका र रास्कोट नगरपालिका आवतजावतका लागि यही पुलको प्रयोग गर्दै आएका छन् । त्यस्तै, बाजुरा र हुम्ला जाने नागरिक पनि यही पुलमार्फत आवतजावत गर्छन्।
सा...