नारी दिवसमा खेलाडीसहित खेल पत्रकार सम्मानित

काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमीले १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चर्चित ब्याडमिन्टन खेलाडीलाई सम्मान गरेको छ ।काठमाडौंमा एक कार्यक्रमबीच एक दर्जन खेलाडीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा अनुपमा मास्के श्रेष्ठ, विद्या भण्डारी थापा, वृन्दा पौडेल सिम्खडा, जयन्ती पाण्डे बस्नेत छन् । त्यस्तै कल्पना राणा, राजदेवी मानन्धर, रजनी मैया जोशी, रिता अधिकारी विष्ट, शान्ति मानन्धर, शिला केसी प्रधान, शुभ श्रेष्ठ र रिता थापालाई पनि सम्मान गरिएको छ । कार्यक्रममा खेल पत्रकार सरिता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।करिव डेढ दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा संलग्न श्रेष्ठ हाल एभिन्युज टेलिभिजनमा आवद्ध छिन्। सम्मानित पत्रकार श्रेष्ठले महिला र पुरुष बीचको विभेद खेलकुदमा पनि रहेकोले यसको अन्त्य हुनुपर्ने बताइन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला र पुरुष दुवैलाई समान तलब दिएर सकारात्मक सन्देश दिएको भन्दै यसको सिको गर्दा कुनै पनि संघ सानो नहुने बताइन् ।

सम्बन्धित सामग्री

अमेरिकामा नेपाली खेल पत्रकार सम्मानित

काठमाडौं । अमेरिकाको बाल्टिमोर काउन्टी अन्तर्गत डिस्ट्रिक्ट आठले नेपालका खेल पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारीलाई सम्मान गरेको छ ।  अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि बाल्टिमोर काउन्टी अन्तर्गत डिस्ट्रिक्ट आठले रोशन र कुशलसहित नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवासलाई सम्मान गरेको थियो ।  खेलाडीबाहेक रोशनलाई नेपाली...

खेल पत्रकार सम्मानित

पारामाउन्ट एकेडेमीले अभिभावक दिवसको अवसरमा विभिन्न राष्ट्रिय दैनिकका आठ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ।...

आठ जना खेल पत्रकार सम्मानित

बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले विभिन्न राष्ट्रिय दैनिकका ८ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ । पारामाउन्टले आफ्नो १७ औँ अभिभावक दिवस तथा सांस्कुतिक कार्यक्रममा खेल पत्रकारलाई सम्मान गरेको हो ।सम्मानित हुने खेल पत्रकारमा द हिमालयन टाइम्सका महेश आचार्य, गोरखापत्र दैनिकका प्रजित शाक्य, नागरिकका अनिल मल्ल ठकुरी, नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्याय, राइजिङ नेपालका प्रमोद जोशी, नेपाल समाचारपत्रका फिरोज राजोपाध्याय, राजधानीका रामसुदन तिम्सिना र सौर्यका रोशनकुमार सिंह रहेका छन् ।उनीहरुलाई पाराम

खेल पत्रकार सम्मानित

बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले विभिन्न राष्ट्रिय दैनिकका आठ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ । पारामाउन्टले आफ्नो १७औँ अभिभावक दिवस तथा सांस्कुतिक कार्यक्रममा खेल पत्रकारलाई सम्मान गरेको हो ।

व्यायाम मन्दिरद्वारा खेल पत्रकार सम्मानित

काठमाडौं । व्यायामको सबैभन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले नेपाल समाचारपत्रका पूर्व खेल पत्रकार निरञ्जन राजवंशीलाई सम्मान गरेको छ । व्यायाम मन्दिरको २१औं वार्षिक साधारण सभाको अवसरमा निरञ्जन, ग्यालेक्सी जी ४ की खेल पत्रकार सरिता श्रेष्ठ, नेपाल टेलिभिजनका कार्यक्रम निर्माता एवं पत्रकार प्रज्वल शाक्य र राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतलाई सम्मान […]

खेलाडी र खेल पत्रकार सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायक गरी ९ जनालाई आइतबार राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ ।

खेलकुद पत्रकार सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार खेलकुद पत्रकार कमल खत्रीलाई आइतबार प्रदान गरेको छ ।युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर खेल पत्रकार खत्रीलाई पुरस्कार प्रदान गरेको हो । खत्रीले नगद ५० हजारु रुपैयाँसहित सम्मानपत्र हात पारेका छन् । यस्तै विभिन्न सञ्चार माध्ययबाट खेलकुद पत्रकारिता गर्दै आएका ८ जना पत्रकारलाई प्रोत्साहन […]

८ खेल पत्रकार सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार खेलकुद पत्रकार कमल खत्रीलाई आइतबार प्रदान गरेको छ।