जुम्लामा चट्याङ् लागेर एक युवाको मृत्यु भएको छ। तिला गाउँपालिका– ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको गएराती मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टका...
कैलाली । दार्चुलाको नौगाड गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो । वडाध्यक्ष नारायण सिंह ठगुन्नाका अनुसार पार्की घरमा एक्लै थिए । घरका अरु सदस्य भने सदरमुकाम रहेको वडाध्यक्ष ठगुन्नाले बताउनु भयो ।
बैतडी । बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।
बलेवा, ५ असोज: बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली […]
काठमाडौं। पछिल्लो चौबिस घण्टामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका–५ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिकमा चट्याङ लागेर तीन जना घाइते भएका छन्। यस्तै, भोजपुर र ओखलढुङ्गामा एक/एक जना घाइते भएको प्राधिकरणले जनाएको छ।
काठमाडौं। बितेको चौबिस घण्टामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मोरङको रंगेली नगरपालिका–१ मा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ। यस्तै मोरङको जहदा गाउँपालिका र ओखलढुङ्गाको खिजिदेम्ब गाउपालिका–८ मा एक–एक जना घाइते भएका छन्।
काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका ६ स्थानमा परेको चट्याङ लागी एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। यस्तै, चट्याङ लागेर रोल्पामा ७, कालिकोटमा ४, रुकुम पश्चिममा ४, मकवानपुरमा ३ र पर्सामा एक जना घाइते भएका छन्।
काठमाडौं : पाल्पामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। यस्तै, दुईजना घाइते भएको छन्।तिनाउँ गाउँपालिका–१ का १६ वर्षीय प्रेमबहादुर बगालेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। चट्याङ लागेर गम्भीर भएका बगालेको लुम्बिनी मेडिकल केलज प्रभासमा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको हो।प्रहरीका अनुसार शनिबार राति करिब ८ बजे तिनाउँ गाउँपालिका–१ कचल मुहान टोलका कर्णबहानदुर उचईएको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर तिनाउँ–१ का बगाले, १५ वर्षीया इन्दिरा उचाई र रै
काठमाडौं। देशका बिभिन्न स्थानमा परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार तेह्रथुमको आठराई गाउँपालिका-४ मा हिजो परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको हो। सोलुखुम्बु र इलामा एक-एक जना घाइते भएका छन्। २०७८ वैशाख १ गते यता चट्याङ लागेर देशभर १० जनाको मृत्यु भइसकेको छ।
चट्याङ लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ७ पल्टुआ गाउँका ४० वर्षीय लक्ष्मण महरा रहेका छन्। महराको गुजरा नगरपालिका वडा नम्बर ८ जयराजपुरमा चट्याङ लागेर मृत्यु भएको हो।...