पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटको नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ मा आपत्ति जनाएका छन् । सो बुँदाले सरकारले नीतिगत र वैधानिक रुपमै भ्रष्टाचारलाई प्रवर्द्धन गरिने उल्लेख गरिएको भन्दै ओलीले आपत्ति जनाएका हुन् । ‘भ्रष्टाचार प्रवर्द्धन गर्ने ? यस्तो नीति तथा कार्यक्रमबाट कस्तो अपेक्षा गर्ने ?’ प्रमुख प्रतिपक्षी दलका अध्यक्ष समेत रहेका ओलीले सरकारको नीति तथा कार्यक्रम कुनै लक्ष्य तथा गन्तव्य विनाको जेरी जस्तै भएको आरोप लगाए । नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ म