बागमती प्रदेशसभाको बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बुधबार आव्हान गरेको सर्वदलिय वैठकमा प्रदेशसभाको बैठक राख्ने विषयमा सहमति भएको हो ।सभामुख श्रेष्ठको सक्रियतामा बसेको सर्वदलिय वैठकमा फागुन १५ गते पुन: सर्वदलिय बैठक राख्ने र १६ गते प्रदेशसभाको बैठक बोलाउने विषयमा सहमति भएको हो ।प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार वैठकमा सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । ‘अब बैठक बस्छ । कार्यसूची बैठक अगाडि नै तय गरिनेछ’, खड्काले भने ।पछ