गगनकै वडामा बालेनलाई दोब्बर मत : कांग्रेस नेताद्वारा हार स्वीकार, स्थापितलाई पासा पल्टिने आश !

जेठ ३, काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरको प्रतिस्पर्धामा नेपाली कांग्रेसका नेताहरूले हार स्वीकार गरेका छन् । एमालेको पकड भएको क्षेत्रमा बालेनलाई बढी भोट गएपनि कांग्रेसको पकड भएको क्षेत्रमा भने सिर्जनाले कमब्याक गर्ने कांग्रेस नेता कार्यकर्ताको अपेक्षा थियो । तर कांग्रेस सांसद समेत रहेका महामन्त्री गगन थापाको वडामै बालेन साहले कांग्रेस उम्मेदवारको भन्दा दोब्बर धेरै मत ल्याएपछि थापाले कांग्रेसको हार स्वीकार गरेका छन् । उनले कांग्रेसबाट कमजोरी भएको र बालेनलाई काठमाडौंका मतदाताले पत्याएको प्रतिक्रिया दिइसकेका छन् । थापाले मतदान गरेको वडामा ९६६ मत गणना हुँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले १७० मत पाउँदा स्वतन्त्र उम्मेदवार साहले करीब दोब्बर ३३७ मत ल्याएका छन् ।  यो वडामा नेकपा एमालेका केशव स्थापितले १३१ मत पाएका छन्। काठमाडौँमा अहिलेसम्म ३४ हजार ४६३ मतको गणना सम्पन्न भएको छ । जसमध्ये साहले १३ हजार २४४, स्थापितले ७ हजार ३१२ र सिर्जनाले ६ हजार ३५७ पाएकी छन् ।  केशव स्थापित र सुनिता डंगोल पासा पल्टिनेमा आशावादी महानगरमा नेकपा एमालेबाट मेयर उम्मेदवार बनेका केशव स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोल भने मेयरको नतिजा आफ्नै पक्षमा आउने दाबी गरिरहेका छन् । काठमाडौंको भित्री क्षेत्रका वडाहरूमा मतगणना हुँदा त्याहाँबाट एमालेलाई एकलौटी भोट आउने स्थापित र डंगोलको दाबी छ । तर उनीहरूले भने जस्तो एकलौटी मत एमालेका वडा अध्यक्षलाई आएपनि मेयरमा नआउने अहिलेसम्मको परिणामले देखाइसकेको छ । किनभने वडा नम्बर १ र २ मा एमालेका वडा अध्यक्ष विजयी हुँदा पनि मेयरमा भने बालेन साहलाई नै धेरै भोट गएको छ । अहिले कांग्रेसको पकड क्षेत्रको मतगणना हुँदा पनि साहलाई आउने मत नै धेरै देखिएको छ ।

सम्बन्धित सामग्री

प्रचण्डका विश्वास पात्र बलदेवलाई गठबन्धनकै आश, कांग्रेसका बागीको उस्तै त्रास

नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ कपिलवस्तुको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धन दलको साझा उम्मेदवार छन् । २८ हजार कांग्रेसको मत रहेको यो क्षेत्रमा ९ हजार मत रहेको माओवादीलाई छाड्नुपरेको भन्दै कांग्रेस नेता असन्तुष्ट छन् । कांग्रेसबाटै प्रभावशाली नेता ललित गुरुङ गठबन्धनको बागी उम्मेदवार बनेकाले खनाललाई चुनौती थपिएको छ ।

दीपक मनाङ्गेको आश : भौतिक र अर्थ नदिए मलाई मुख्यमन्त्री देलान् !

गोरखा : गत जेठ २७ गते गण्डकी प्रदेश सभामा संसदीय अभ्यासमा विरलै हुने घटना भयो। मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) आफू संलग्न सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिन उपस्थित भएनन्।उनी निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारको युवा तथा खेलकुद मन्त्री थिए। २७ गते प्रदेश सभाबाट विश्वासको मत नपाएपछि गुरुङ नेतृत्वको सरकार ढल्यो।त्यसपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भए। कांग्रेस

कांग्रेसको आश दोस्रो चरणमा, बालकृष्ण खाँड भन्छन्- राम्रो नतिजा आउँछ

२२ मंसिर, काठमाडौं । पहिलो चरणको मतगणनामा कमजोर प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले दोस्रो चरणको नतिजामा उल्लेख्य सुधार आउने दाबी गरेको छ । कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँडले अनलाइनखबरसँग भने, 'पहिलो चरणमै पनि बाँकी जिल्लाको मत गन्दा हाम्रो सिट सुधि्रन्छ । दोस्रो चरणको चुनावमा त हाम्रो स्थिति …