जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि स्थानीय तथा सरोकारवालाले अर्थ मन्त्रालयसँग माग गरेका छन् । पुस २० गते अर्थ मन्त्रालयले कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने निर्णय गरेपछि कार्यालय स्थापना गर्न बाधा पुगेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। स्थानीयस्तरमा मालपोत र नापी कार्यालय स्थापना आवश्यक भएकाले […]
दमौली- नापी कार्यालय तनहुँले व्यास नगरपालिका–१४ केशवटारका ५६ जनालाई गाउँ ब्लकअन्तर्गत लालपुर्जा वितरण गरेको छ । साविकको केशवटार गाउँ विकास समितिअन्तर्गत १३ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५६ जनालाई लालपुर्जा वितरण गरेको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए […]
नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपूर्जा वितरण गरेको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा सर्वसाधारणला
काठमाडौँ । नापी कार्यालय तनहुँले ऋषिङ-४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपुर्जा वितरण गरेको छ । साबिकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपुर्जा वितरण गरेको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले […]
काठमाडौँ,२ असार । जुम्लाको सिँजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका नागरिकको सहजताका लागि सिँजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिकालाई समेट्न सो कार्यालय स्थापना गर्नका लागि पहल भइरहेको थियो । ती तीा गाउँपालिकाका सेवाग्राहीलाई सेवा लिन जिल्ला सदरमुकाममा जानुपर्ने अवस्था रहेको थियो । नराकोटमा मालपोत […]
नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रायमाझीलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको आयोगका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।सिनपा-१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।
बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ। सिनपा–१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय)बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए। – न्युज कारखाना
जनकपुरधामः कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय आइतबारदेखि बन्द गर्न लागिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि मालपोतमा मुद्दाबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको मालपोत कार्यालय जनकपुरका प्रमुख मालपोत अधिकृत बासुप्रसाद कोइरालाले जानकारी दिए।
कारोनाबाट मानिसहरु प्रभावित भइरहेको र जिल्लामा पनि…
मकवानपुर : मकवानपुरमा आज बिहीबारबाट मालपोत र नापी कार्यालय बन्द हुने भएका छन्।कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने भएकाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार यी कार्यालय बन्द हुने भएका हुन्।सेवाग्राहीको भिड हुने कार्यालयमा संक्रमण हुने जोखिमबाट सुरक्षित रहनका लागि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यी कार्यालय बन्द गर्ने निर्णय गरिएको हो। कार्यालयमा सेवाग्राहीको भिड नहोस् भन्नका लागि बन्द गरिए पनि आन्तरिक कार्यहरू भने हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी