काठमाडौं : व्यवसायीहरूलाई जथाभावी कर छुट दिएको अभियोगमा मुद्दा चलेका तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।सोमबार विशेष अदालतका सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मालाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले जानकारी दिए।कर फर्छ्यौट आयोगले व्यवसायीहररूलाई जथाभावी कर छुट दिएर राज्यकोषमा एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुस