काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनमा लाग्नेहरूलाई महंगो पर्ने चेतावनी दिएका छन्। बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले एमाले विभाजनमा लाग्नेहरूलाई महंगो पर्ने चेतावनी दिएका हुन्। 'नेकपा एमाले अचानक बनेको होइन। यो जनताको पक्षमा काम गर्ने एकमात्रै पार्टी हो। एमाले खरानीको डल्लो होइन। विभाजन गर्न खोज्ने सरकारमा रहेको गठबन्धनलाई महंगो पर्छ' ओलीले भने।नेकपा एमालेले चुनाव गरायो भने दुई तिहाई ल्याउँछ भन्ने लागेर