अधिकांश ठाउँमा हल्का वर्षा, चिसो बढ्यो

आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षासँगै हिमपात भइरहेको छ। पानी पर्न थालेपछि चिसो बढेको छ ।

सम्बन्धित सामग्री

चिसो बढ्यो, देशका विभिन्न स्थानमा हुस्सु

काठमाडौं : अहिले बिहान मौसम बदली भई बिभिन्न स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकासहित वागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हुस्सु लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।  यी प्रदेशका केहि स्थानमा दिउँसोपख हल्का वर्षा र हिमपात हुने उनले बताए। पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको मौसमी न्युन चापीय क्षेत्रको असरका कारण हिजो बेलुका काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी , कर्णा

पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

काठमाडौं: पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। पश्चिमी वायुको प्रभावले बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको