एजेन्सी। एलन मस्कको एउटा ट्वीटले बिटक्वाइनको मूल्य १७ प्रतिशतले घटेको छ। मस्कले आफ्नो कम्पनी टेस्लाको कार बेचेबापत जलवायु परिवर्तन गर्न मूख्य भूमिका खेल्ने बिटक्वाइन नलिने ट्वीट गरेका थिए। यसअघि उनको कम्पनी टेस्लाको कार किन्दा बिटक्वाइनबाट समेत भुक्तानी गर्न मिल्थ्यो। यही कारण बिटक्वाइनको मूल्य ५४ हजार ८१९ डलरबाट घटेर ४५ हजार ७०० मा आइपुगेको छ।