ऋषि धमलाले प्रेस काउन्सिल पुगेर भने–पत्रकार आचार संहिता थाहा पाएँ, अब सुध्रन्छु

सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनको लिखित स्पष्टिकरणमा चित्त नबुझाएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो । सञ्चारकर्मी धमलाले आफूलाई पत्रकार आचारसंहिताबारे थाहा नभएको र अब पालना गर्ने बताएका छन् । उनले आफूबाट कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधारेर जाने प्रतिबद्धता ब्यक्त गरेको प्रेस काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर द

सम्बन्धित सामग्री

पत्रकार र निर्वाचन आचार संहितासम्बन्धी तालिम सम्पन्न

काठमाडौं। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले मिडियाकर्मीका लागि सञ्चालन गरेको पत्रकार आचार संहिता र निर्वाचन आचार संहितासम्बन्धी दुई हप्ते पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । भर्चुवल विधिद्वारा दैनिक चार घण्टा सञ्चालन भएको तालिममा २० भन्दा बढी जिल्लाका ३९ मिडियाकर्मीको सहभागिता थियो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले १३ असारमा उद्घाटन गर्नुभएको […]

पत्रपत्रिकाको बर्गिकरणको नतिजा चाँडै : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको बर्गिकरणको नतिजा चाँडै प्रकाशन गर्नेगरी तयारी भइरहेको अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभएको छ । हिमाली जिल्ला म्याग्दीको बेनीमा काउन्सिल नेपालको आयोजनामा भएको पत्रकार आचार संहिता जागरण कार्यक्रममा अध्यक्ष बस्नेतले सो कुरा बताउनुभयो ।

स्वच्छ र मर्यादित पत्रकारिताका लागि आचारसंहिता

‘विराटनगर, १० बैशाख । स्वच्छ र मर्यादित पत्रकारिता’का लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् । पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै यस क्षेत्रको धन हो भन्ने कुरामा सबैले ध्यान दिन समेत आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘पत्रकार आचार संहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक […]

‘वायसनेस’ले पत्रकारिताको गरिमा घटायो

खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताले ‘वायसनेस’ले पत्रकारिताको वेट घटाइरहेको बताएका छन्। प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले शनिबार दिक्तेलमा आयोजना गरेको ‘नागरिकको नजरमा मिडिया र पत्रकार आचार संहिता’ विषयक अन्तरक्रीया कार्यक्रममा सहभागीले एकथरी पत्रकारले एउटा पार्टी पक्षको प्रचारात्मक समाचारलाई प्राथमिकता दिने र विपक्षी पार्टीको खेदो खन्ने प्रवृत्तिले पत्रकारिताको गरिमा घटाइरहेको बताएका हुन् ।