काठमाण्डाै – बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीलाई लिएर कडा आलोचना गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ब्लेयरले यसलाई गैरजिम्मेवार कदम भएको बताउनुभएको छ । उहाँले गठबन्धन सेनाको फिर्तीबाट जिहादी (अत्यधिक प्रयास गर्न खोज्ने) गुटको हिम्मत बढ्ने बताउनुभयो । यसको रुस, चीन र इरानले फाइदा उठाउने उहाँको भनाइ छ । टोनी ब्लेयरले गठबन्धन सेनाको फिर्तीलाई अफसोसजनक, खतरनाक र अनावश्यक बताउनुभएको छ ।२० वर्षअघि जब टोनी ब्लेयरको प्रधानमन्त्रीकालमा नै बेलायतले अफगानिस्तानमा आफ्नो सेन...