काठमाडौं : निजामती कर्मचारीको उमेरहद ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउन अर्थ मन्त्रालयका उच्च अधिकारीले लबिङ गरेका छन्।
उमेरहद ६० वर्ष बनाउँदा निजामती प्रशासनमा दुई वर्षसम्म भर्ना प्रक्रिया रोकिने र लोकसेवाको परीक्षा दिने तयारीमा रहेका युवापुस्तामा वितृष्णा आउन सक्ने खतरा देखिए पनि अर्थले उमेरहद ६० वर्ष बनाउन सरकार समक्ष लबिङ गर...