काठमाडौं : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आएका छन्। आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्।सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए।चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा सोङलाई नियुक्त गरेको हो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्।