महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग

रुकुमपश्चिमका महिला अधिकारकर्मीले आगामी निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । संविधानले तोकेबमोजिम प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरूले माग गरेका हुन्। मानवअधिकारका लागि महिला, एकल महिला जिल्ला सञ्जाल रुकुमपश्चिमले जिल्ला सदरमुकाम खलङ्गामा आयोजना गरेको ‘निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक छलफल कार्यक्रममा महिला अधिकारकर्मीले यस्तो बताएका हुन्। अधिवक्ता मनीषा भण्डारीले यो वा त्यो बहानामा महिला प्रतिनिधित्वलाई कम गर्ने कुरा स्वीकार गर्न नसकिने बताउनुभयो। उहाँले गठबन्धनका नाममा महिला प्रतिनिधित्व कम हुन सक्नेतर्फ दलहरू सचेत रहन आग्रहसमेत गर्नुभयो।

सम्बन्धित सामग्री

महिला प्रतिनिधित्व : स्थानीय तहमा ५० प्रतिशत माग

अन्तर पार्टी महिला सञ्जालले निर्वाचनमा प्रदेश तहमा ४० प्रतिशत र स्थानीय तहमा ५० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित हुनुपर्ने माग गरेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको कानुनसम्बन्धमा अन्तर पार्टी महिला सञ्जालले महिला अधिकारकर्मी, सांसद एवम् सरोकारवालासँग आज छलफल गर्दै अयोगलाई सो सुझाव दिने जनाएको हो ।

महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग

विभिन्न पार्टीका नेत्रीले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका छन्। अन्तर पार्टी महिला सञ्जालले आयोजना गरेको ‘सञ्चारकर्मीसँग सञ्जाल’ विषयक अन्तरक्रिया उनीहरूले स्थानीय तहमा न्यूनतम ५० प्रतिशत, प्रदेश सभामा न्यूनतम ४० प्रतिशत र प्रतिनिधि सभामा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन्।