महिला प्रतिनिधित्व : स्थानीय तहमा ५० प्रतिशत माग

अन्तर पार्टी महिला सञ्जालले निर्वाचनमा प्रदेश तहमा ४० प्रतिशत र स्थानीय तहमा ५० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित हुनुपर्ने माग गरेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको कानुनसम्बन्धमा अन्तर पार्टी महिला सञ्जालले महिला अधिकारकर्मी, सांसद एवम् सरोकारवालासँग आज छलफल गर्दै अयोगलाई सो सुझाव दिने जनाएको हो ।

सम्बन्धित सामग्री

तीन तहको निर्वाचनमा महिला कति निर्वाचित भए ?

देशमा यसवर्ष स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा गरी तीनवटै तहको निर्वाचन भयो । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा करिव ४१ हजार जनप्रतिनिधि निर्वाचित भए। मंसिर ४गते सम्पन्न प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० सदस्य निर्वाचित भए। निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशमा ३६.३६ प्रतिशत र प्रतिनिधि सभामा ३३.८३ प्रतिशत महिला प्रतिनिधित्व कायम भएको छ।

पालिकामा महिला प्रतिनिधित्व ०.२६ प्रतिशत वृद्धि

स्थानीय तहमा महिलाको प्रतिनिधित्व अघिल्लो पटकभन्दा यसपालि शून्य दशमलव २६ प्रतिशतले बढेको छ । बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७ सय ५२ पालिकामा निर्वाचित ३५ हजार ४५ जनप्रतिनिधिमध्ये महिला १४ हजार ४ सय ४५ जना अर्थात् ४१.०१ प्रशित रहेका छन् । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा कुल ३५ हजार २ सय २१ मध्ये ४०.७५ प्रतिशत अर्थात् १४ हजार ३ सय ५१ महिला जनप्रतिनिधि निर्वाचित भएका थिए ।

स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो

स्थानीय तह निर्वाचनको हालसम्मको परिणामले प्रमुख/अध्यक्ष र वडा अध्यक्षमा विगतको तुलनामा नगन्य मात्रामा महिला नेतृत्व बढेपनि समग्रमा महिला प्रतिनिधित्व घटेको छ ।