काठमाडौं : भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको छ। उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण यसअघि स्थगित परीक्षाको मिति तोकिएको हो।भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा आगामी वैशाख १७ गते दिउँसो २ बजे हुने गोरखापत्रमा सूचना निकालेर जानकारी दिएको हो। परीक्षा केन्द्र पछि प्रकाशन गरिने विभागले जनाएको छ।