किन कार्बोहाइड्रेट पाइने खानेकुराबाट टाढा हुँदैछन् मानिसहरु ?

६ फागुन, काठमाडौं । मानिसहरुले आफूलाई स्वस्थ राख्न विभिन्न पौष्टिक तत्व भएका खानेकुरा खाने गर्छन् । शरीरका लागि विभिन्न पौष्टिक तत्व मिलाएर खानुपर्ने पोषणविद् बताउँछन् । समय परिवर्तनसँगै भान्सामा पाक्ने परिकारहरु पनि परिमार्जन हुँदै गइरहेका छन् । पूर्खाहरुले खाने विधि र अहिलेको आधुनिक समयको खाने शैलीमा व्यापक परिवर्तन आइसकेको छ । पहिलेका खानेकुरा सबै अर्ग्यानिक […]

सम्बन्धित सामग्री

के तपाईंलाई खिर खानुको फाइदाबारे थाहा छ?

खिरमा पाइने पोषण तत्वहरूले शरीरलाई आवश्यक प्रोटिन, कार्बोहाइड्रेट, र भिटामिनहरूको पूर्ति गर्छ।

के तपाईंलाई खिर खानुको फाइदाबारे थाहा छ?

खिरमा पाइने पोषण तत्वहरूले शरीरलाई आवश्यक प्रोटिन, कार्बोहाइड्रेट, र भिटामिनहरूको पूर्ति गर्छ।

सखरखण्डका फाइदैफाइदा : रोगप्रतिरोधी क्षमता बढाउँछ, आँखालाई स्वस्थ राख्छ

काठमाडौं । विशेषगरी व्रत र चाडपर्वमा बढी प्रयोग हुने सखरखण्ड ऊर्जाको राम्रो स्रोत हो । सखरखण्डमा पाइने पोषकतत्त्व स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । जाडोयाममा उत्पादन हुने सखरखण्ड कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, पोटासियम, फस्फोरसको राम्रो स्रोत भएको पोषणविद् डा. भुपाल बानियाँ बताउँछन् । ‘सखरखण्डमा पाइने यी सबै पोषकतत्त्व शरीरको लागि फाइदाजनक छन्,’ उनी भन्छन् । सखरखण्डमा […]

मकैको च्याख्ला उत्तम कि चामल ?

अहिले चामलको विकल्पमा धेरैले च्याख्ला  खाने गर्छन् । के चामलको साटो मकैको च्याख्ला  उपयुक्त हुन्छ ? धेरैको मनमा यो प्रश्न हुनसक्छ । उपलब्ध हुँदा मकैको च्याख्ला  खानु पनि स्वास्थ्यको हिसाबले राम्रो हो । तर, चामल चाहिँ विष नै यो त छुनै हुन्न भन्ने पनि हैन । बजारमा पाइने पोलिस भएको चामलमा कार्बोहाइड्रेट मात्र बढी पाउने […]

जीवनशैली: पोषणको महत्त्व (भाग–१)

बढ्दो मोटोपनको कारणले संसारभर ज्यान गुमाउने या दीर्घ रोगले पीडित हुने क्रम जारी छ । स्वस्थ्यकर जीवनशैलीको चार मुख्य बाधकहरू धूमपान, मदिरा, प्रशोधित कार्बोहाइड्रेट तथा जनावरबाट पाइने खानाको धेरै उपभोग हो ।पोषणको विषयमा धेरै अध्ययन तथा अनुसन्धान भएका छन् । ७० प्रतिशत मृत्यु दीर्घकालीन रोगका कारणले हुन्छ, जुन स्वयं जीवनशैलीको परिणाम हो । सही जीवनशैलीको अनुसरण गरेमा ९० प्रतिशत टाइप–२ मधुमेह, ८० देखि ९० प्रतिशत मुटुरोग, ४० देखि ७० प्रतिशत क्यान्सर निराकरण गर्न सकिने तथ्य विभिन्न अनुसन्धान देखाए

मागअनुसार अण्डा पुर्‍याउन कठिन

चितवन । पछिल्लो समय अण्डाको माग बढेपछि उत्पादनले धान्न नसक्ने अवस्था आएको छ । निषेधाज्ञामा घरमा बसेकाहरूले उपभोग बढाएपछि माग पुर्‍याउन कठिन हुँदै गएको व्यवसायीले बताएका छन् । आफ्नै उत्पादन र संकलन गरेर देशैभर अण्डा विक्री गर्दै आएको दाउन्ने ग्रूप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्‍याउन नसकिएको बताउँछन् । कम्पनीले दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै संख्यामा कृषकबाट अण्डा संकलन गरेर देशभर विक्री गर्दै आएको छ । ‘विक्रेताले मागेकै दिन अण्डा दिन सक्ने अवस्था छैन,’ उनले भने । निषेधाज्ञामा घरमा रहेकाहरूले अण्डाको उपयोग बढाएको पाइएको उनले बताए । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महीना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको तर माग धान्न नसकिएको उनको भनाइ छ । अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको संक्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुने भएकाले उपभोग बढेको बताउँछन् । आफूलाई विभिन्न जिल्लाबाट अण्डाको माग आउने गरेको उनको भनाइ छ । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थको मूल्यवृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले बताए । वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी कोरोना संक्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अण्डामा पाइने बताउँछन् । एशियाली मुलुकमा खाइने खानामा कार्बोहाइड्रेट बढी हुने भन्दै उनले अण्डा प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताए । शरीरले नबनाउने र बाहिरबाट लिनुपर्ने आवश्यक एमिनो एसिडका नौओटै तत्त्व अण्डामा पाइने भरतपुर अस्पतालका अध्यक्ष समेत रहेका अधिकारीले जानकारी दिए । नेपाल अण्डा उत्पादक संघका अनुसार हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो संख्या घटेर २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको संघले बताएको छ । संघका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा उत्पादन बढेको बताए । घरमा बसेकाहरूले सुरक्षित पौष्टिक आहारका रूपमा अण्डाको  उपभोग बढाएको उनको भनाइ छ । निषेधाज्ञामा देशभर अण्डाको ढुवानीमा रोकतोक नभएकाले आपूर्ति सहज छ । अण्डाको माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट (३० ओटा) ठूलो अण्डाको मूल्य ३७० रुपैयाँ पर्दछ । मध्यमको मूल्य ३५५ रुपैयाँ रहेको छ । देशभर लेयर्स कुखुरा पाल्ने कृषक २ हजार ८०० हाराहारीमा छन् । यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ७५ हजारले रोजगारी पाएको केसीले बताए । नेपालमा पोल्ट्री क्षेत्रमा करीब १ खर्ब ५० अर्ब रुपैयाँ लगानी भएको जानकारी उनले दिए । रासस

सलमानको खानपान टिप्स

बलिउड अभिनेता सलमान खानले केही खानपान टिप्स दिएका छन्ः खान अप्ठेरो नमान्नुस् मोटाइएला भन्ने डरले खाना खान नडराउनुस् । तर, खाँदाखेरि कार्बोहाइड्रेट र फ्याटभन्दा प्रोटिनयुक्त खाना बढी खाने गर्नुस् । माछा, अण्डा, चिकेनजस्ता खानामा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले म यी खाना दिनहुँ खान्छु ।