विश्व कप फुटबल : अर्जेन्टिनाबाट मेस्सी सर्वाधिक गोलकर्ता, धेरै खेल खेल्ने कीर्तिमान बराबरी

काठमाण्डाै - कतार विश्व कप फुटबलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले समग्रमा ५ गोलका साथ सर्वाधिक गोलकर्तामा फ्रान्सका किलियन एम्बाप्पेसँग बराबरी गरेका छन् । लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको खेलमा जुलियन अल्भारेजले २ र कप्तान मेस्सीले १ गोल गरे । मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । मेस्सी अर्जेन्टिनाका लागि ११ गोलका साथ विश्व कपको सर्वाधिक गोलकर्ता पनि बनेका छन् । मेस्सीले विश्व कपमा ११ गोल गरेर ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडे...

सम्बन्धित सामग्री

फ्रान्सका फरवार्ड एम्बाप्पेलाई विश्व कपको गोल्डेन बुट

काठमाण्डाै - फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । फाइनलमा उनले ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि उपाधि जिताउन भने सकेनन् । एम्बाप्पे लगातार दोस्रो पटक विश्व कप जित्न असफल रहे । चार वर्षअघि रुसमा भएको विश्व कप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई अर्जेन्टिनाले उपाधि दोर्होयाउनबाट रोकेको हो । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रह्यो । यससँगै विश्व कप फुटबलमा एम्ब...