दाङ - पाँच जनाको ज्यान जाने गरी भएको आगलागीकाे घटनाको शोकमा आज तुलसीपुर बजार बन्द भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले आज एकदिन बजार बन्द गर्ने निर्णय गरेकाे हाे ।
चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले घटनाको शोकमा चेम्बरमा आबद्ध सबै व्यापारीले पसल बन्द गर्ने निर्णय गरेकाे हाे ।
बैठकले उचित राहतका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारसँग माग गरेको चेम्बरका सचिव ऋषिराज भण्डारीले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा र...