तुलसीपुर आगलागी : शोकमा बजार बन्द, पसल र गाेदामसँगै जले हुसेनका दुई छोरा

दाङ – जुत्ताचप्पलको गोदाम रहेको घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएपछि तुलसीपुर शोकमा डुबेको छ। दिवंगतप्रति श्रद्धाञ्जली दिन र परिवारजनमा समवेदना दिन तुलसीपुर बजार बन्द हुने भएको हो। शुक्रबार तुलसीपुर बजार बन्द गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले बताए। इरम फुटवेयर चप्पल गोदाममा आगलागी हुँदा शुक्रबार निस्सासिएर गोदाम धनी र अर्को एक […]

सम्बन्धित सामग्री

तुलसीपुर आगलागी : उपमहानगरले मृतकका परिवारलाई राहत दिने

दाङ : तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा भएको आगलागीका मृतकका परिवारलाई राहत दिने भएको छ। उपमहानगरपालिकाको शुक्रबार बसेको १०औं नगरसभाको पहिलो बैठकले तुलसीपुरको इरम फुटवेयर तथा जुत्ता चप्पलको गोदाममा भएको आगलागीमा निधन भएका परिवारलाई राहत दिने निर्णय गरेको हो।नगरसभाले उक्त आगलागीमा निधन भएका १२ वर्षीय हसन बकस, १५ वर्षीय मसीन बकस, ४० वर्षीय नजरदिन अली, उनकी छोरी १३ वर्षीया सुजिता खातुन र ६ वर्षीय छोरा अबिददिन अलीप्रति दुःख व्यक्त गर्दै किरियाखर्चस्वरुप प्रति व्यक्ति १/१ लाख रूपैयाँ दिने निर्णय ग

तुलसीपुर आगलागी घटनाः अकल्पनीय मानवीय र भौतिक क्षति

दाङ – तुलसीपुरमा शुक्रबार भएको आगलागीको घटनामा ७ करोड मूल्यको भौतिक क्षति भएको प्रहरीले विवरण संकलन गरेको छ। पीडित परिवारले उपलब्ध गराएको सूचनाका आधारमा क्षतिको विवरण प्रहरीले संकलन गरेको हो। तीनतले घर र त्यहाँ रहेका जुत्ता चप्पलको गोदाममा आगलागी भएको थियो। घटनामा पाँच जना व्यक्तिको मृत्यु भयो भने ठूलो मात्रामा भौतिक क्षति हुन पुगेको छ। […]

तुलसीपुर आगलागी घटना : ज्यान गुमाउनेकाे शोकमा बजार बन्द

दाङ - पाँच जनाको ज्यान जाने गरी भएको आगलागीकाे घटनाको शोकमा आज तुलसीपुर बजार बन्द भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले आज एकदिन बजार बन्द गर्ने निर्णय गरेकाे हाे । चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले घटनाको शोकमा चेम्बरमा आबद्ध सबै व्यापारीले पसल बन्द गर्ने निर्णय गरेकाे हाे ।  बैठकले उचित राहतका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारसँग माग गरेको चेम्बरका सचिव ऋषिराज भण्डारीले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा र...

तुलसीपुर आगलागी: मृतकको शोकमा एकदिन बजार बन्द

काठमाडौं, माघ २८ । पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुलसीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग वाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जनाको शोकमा बजार बन्द गर्न लागिएको हो । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।

तुलसीपुर आगलागी अपडेट : पाँचैजनाको पहिचान खुल्यो

२८ माघ, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । मृतकहरु ६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय […]

तुलसीपुर आगलागी अपडेट : मृत्यु हुनेहरुको पहिचान खुल्यो

दाङको तुलसीपुरस्थित एक पसलमा भएको आगलागीमा ज्यान गुमाउने पाँचै जनाको पहिचान भएको छ ।

तुलसीपुर आगलागी : पाँच जनाकाे ज्यान गयाे, एक जना घाइते

दाङ - तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाक...

तुलसीपुर आगलागी : पाँच जनाकाे ज्यान गयाे, एक जना घाइते

दाङ - तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे हाे । आगोमा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।  मृतकहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ...