काठमाण्डाै - सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । हिजोको बैठकमा नै सहमति गर्ने भनिए पनि दलहरुका आआफ्नै अडानका कारण कुनै निष्कर्ष निस्कन सकेन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिको धरै नजिक पुगिसकेकाले सार्वजनिक गर्न मात्रै बाँकी रहेको बताउनु भएको छ । मधेसका ३२ सिटमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको धेरै दाबी देखिएपछि पाँच दलीय गठबन्धनभित्...