सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् ।
एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् । त्यसपछि एमसीसीबारे थप छलफल गर्नका लागि भन्दै दिउँसो ३ बजे गठबन्धनक...