एमसीसी टेबल गर्ने विषयमा झलनाथ खनालको आपत्ति– 'विदेशी सामु झुकेर गरेको बचकना निर्णय'

एमसीसी संसद्‌मा टेबल गर्ने विषयलाई लिएर सत्तारुढ दल नेकपा एसमा गम्भीर मतभेद देखिएको छ ।

सम्बन्धित सामग्री

एमसीसीको विषयमा प्रचण्ड र माधव नेपाल एकमत, संसदबाट अनुमोदन गर्न नदिने

काठमाडौँ – एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा उभिएका छन् । उनीहरूले संसदमा एमसीसी टेबल भए पनि यथास्थितिमा पास हुन नसक्ने बताएका छन् । अध्यक्ष नेपालले आइतबार राति सामाजिक सञ्जालमार्फत यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति […]

माधव नेपालले भने– ‘एमसीसी पास गर्ने विषयमा आफूहरूको सहमति छैन’

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्नेबारेमा आफूहरूको सहमति नभएको बताएका छन् । उनले एमसीसी पारित गरे ‘सरकार जे हुन्छ हुन्छ’ भन्ने प्रतिक्रिया जनाए । आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको थियो । तर, पास गर्ने सहमति नभएको […]

भीम रावलको प्रश्न : कुन कानुनअनुसार एमसीसी टेबल हुँदैछ ?

नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना कुल्चेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै नेता रावलले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति विनै एमसीसी कसरी टेबल भयो ? भनेर प्रश्न गरे । उनले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै कुन कानुन अनुसार एमसीसी टेबल गरिएको जवाफ दिन माग गरे । ‘जुन विषय नेपालको स्वभिमान, आत्मसम्मानसँग सम्बन्धित छ । जनताको भावना विपर

एमसीसी टेबल गर्ने निर्णयमा माओवादीका ३ सांसदले जनाए लिखित असहमति

८ फागुन, काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा एमसीसी टेबल गर्न निर्णय गरेको छ । यो निर्णयमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित ३ जना सांसदले लिखित असहमति जनाएका छन् । प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति रहेको जानकारी […]

अर्थमन्त्रीले एमसीसी टेबल नगर्ने, माओवादी तत्काल सरकारबाट नबाहिरिने

सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्ने तयारी गरेको छ। त्यसका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।  सत्तारुढ दलका नेताहरु एमसीसी टेबल गर्न दिने सम्मको विषयमा लचक देखिएसँगै गठबन्धनको बैठकबाट सोही अनुसारको निर्णय गरेर एमसीसी टेबल गर्ने तयारी सरकारको छ । गठबन्धनको बैठकमा निर्णय भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर एमसीसीबारेको कार्यसूची तय गर्ने बताइएको छ । स्रोतका

यसरी भयो एकीकृत समाजवादी एमसीसी टेबल गर्न तयार

काठमाडौं, फागुन ८ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबल गर्ने र नगर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच विवाद उत्कर्षमा पुगेका बेला अर्को सत्ता साझेदार एकीकृत समाजवादीले भने एमसीसी संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ । तर, यसका लागि एकीकृत समाजवादीले संसद्मा जारी अवरोध हटाउनुपर्ने सर्त अघि सारेको छ […]

एकीकृत समाजवादी एमसीसी टेबल गर्न यसरी  भयो  तयार

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबल गर्ने / नगर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच विवाद उत्कर्षमा पुगेका बेला अर्को सत्ता साझेदार एकीकृत समाजवादीले भने एमसीसी संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ । तर, यसका लागि एकीकृत समाजवादीले संसद्मा जारी अवरोध हटाउनुपर्ने सर्त अघि सारेको छ ।शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले संसद् सञ्चालन भएको अवस्थामा एमसीसी टेबल गर्न बाधक नबन्ने तर संशोधन नगरी अहिलेकै अवस्थामा पारित गर्न नसकिने निर्णय

एमसीसीको विरोधमा माओवादीका भ्रातृ संगठनले संसद घेराउ गर्ने

एमसीसीको विषयमा पार्टी नै स्पष्ट नरहेको बेला माओवादी केन्द्रको भ्रातृ संगठन भने खुलेर विरोधमा लागेको छ । वाइसीएल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) ले बुधबार संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको छ । यथास्थितिमै एमसीसी टेबल गर्ने कदम राष्ट्रघाती हुने दुई संगठनको भनाइ छ । एमसीसी टेबल आजै गर्ने तयारी भएपछि त्यसको विरोधमा संसद भवन घेराउ गर्न लागिएको ती दुई संगठनले बताएका छन् ।

एमसीसी टेबल गर्नेबारे सभामुख सापकोटाले भनेः म त अम्पायर मात्रै हुँ

काठमाडौँ – संसदमा एमसीसी टेबल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटा नरम देखिएका छन्। सोमबार सर्वदलीय बैठकपछि सभामुख सापकोटाले कुनै पनि विषयमा आफूले निर्णय गर्ने नभइ अम्पायरको भूमिका मात्रै निर्वाह गर्ने बताएका हुन्। यसअघि एमसीसी टेबल गर्ने विषयमा अनुदार देखिँदै आएका सापकोटाले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताएका हुन्। बैठकपछि एमसीसीका विषयमा सोधिएको प्रश्नमा उनले भने, […]