मेनु प्राइसमै समावेश नगरी ग्राहकसँग सर्भिस चार्ज र अतिरिक्त भ्याट लिने एक रिसोर्टविरुद्ध परेको मुद्दामा अदालतले उपभोक्ताको पक्षमा फैसला सुनाएको छ । उपभोक्ता अदालत अन्तर्गत काठमाडौं जिल्ला अदालतमा परेको रिट निवेदनमा अदालतले उपभोक्ताको पक्षमा फैसला सुनाउँदै बढी लिएको रकम र क्षतिपूर्तिसमेत भराउने आदेश दिएको हो ।काठमाडौंको बुढानीलकण्ठ–५, डाँडागाउँमा रहेको ग्रीन भ्याली रिसोर्टले मेनु प्राइसमै समावेश नगरी कानुन विपरीत अतिरिक्त १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट जोडी ठगी गरेको भन्दै काठमाडौ